पोखरा विश्वविद्यालयले मनायो १६औँ दीक्षान्त समारोह « Khabarhub

पोखरा विश्वविद्यालयले मनायो १६औँ दीक्षान्त समारोह


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा विश्वविद्यालयको १६औँ दीक्षान्त समारोह बुधबार मनाइएका छ । समारोहमा विभिन्न संकायमा विद्यार्थीहरु दीक्षित भएका भए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सहकुलपति गिरिराजमणि पोखरेल र उपकुलपति एवं वरिष्ठ संस्कृतिविद् डा.जगमान गुरुङले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

समारोहमा प्रमुख अतिथि डा. जगमान गुरुङले आजको शिक्षा पद्धति विश्वव्यापी रुपमा नै बजारमुखी बनेको, शिक्षा पद्धति बजारमुखी भएको हुँदा शिक्षा धन आर्जनको साधन बनेको वताउदै शिक्षा पद्धतिलाई सरलीकृत बनाउनका लागि शिक्षालाई यान्त्रिकीकरण गरिएकोले अहिले शिक्षामा नैतिक शिक्षाको अभाव रहेको बताए ।

त्यस्तै शिक्षामन्त्री पोखरेलले भने-  ‘शिक्षा मानव जातिको एउटा अनमोल सम्पति हो, आभुषण वा गहना हो यो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा सिप सिक्ने तथा सिकाउने पद्धति भएकाले मानव जातिलाई सभ्य दक्ष र ज्ञानी बनाउनु आजको आवश्यकता हो ।’

दीक्षान्त समारोहमा विभिन्न शैक्षिक कार्यक्रका तहपार गरेका ५ हजार ५ सय २८ जना विद्यार्थीहरु दिक्षित भएका थिए  ।

पोखरा विश्वविद्यालयका आफ्ना ४ वटा आङ्गिक महाविद्यालय, ४ वटा संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धन प्राप्त महाविद्यालयहरु मार्फत विभिन्न प्राविधिक एवम् साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधितहमा पठन पाठन हुदै आएको छ ।

विश्वविद्यालयमा कुल ५६ वटा कार्यक्रमहरु संचालनमा रहेको छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ९ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै