पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक « Khabarhub

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा चार नयाँ कीर्तिमान बनेका छन् ।

बाँकेको नेपालगञ्जस्थित पौडी पोखरीमा जारी प्रतियोगितामा पुरुष ४०० मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

सिंहले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भङ्ग गर्दै ४ मिनेट ५६ दशमलव ७६ सेकेण्डको नयाँ कीर्तिमान कायम गर्नुभयो । यसअघि सन् २०२५ मा ४ मिनेट ५८ दशमलव ३४ सेकेण्डको उहाँको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७ दशमलव ५७ सेकेण्ड) र बागमतीका अरिक कर्माचार्यले कास्य पदक (५ मिनेट २६ दशमलव ९९ सेकेण्ड) जिते ।

महिलातर्फको ८०० मिटर फ्रिस्टायलमा लिली बोहराले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४ दशमलव ०६ सेकेन्डको नयाँ कीर्तिमान बनाइन् । यसअघि सन् २०२५ को उक्त इभेन्टमा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६ दशमलव ९२ सेकेण्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफ्नै पुरानो रेकर्ड सुधार गर्दै ९ मिनेट ५९ दशमलव ५४ सेकेण्डमा पूरा गर्दै रजत र पुलिसका देभान्सी जोशीले १० मिनेट ५८ दशमलव ५८ सेकेण्डसहित कास्य पदक हासिल गरिन् ।

बागमती प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१ दशमलव ५१ सेकेण्डको नयाँ कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३ दशमलव ३९ सेकेण्डको कीर्तिमान बनाएका थिए। प्रधानले स्वर्ण जित्दा बागमतीका रिभान्तबहादुर श्रेष्ठले १ मिनेट ४ सेकेन्डसहित रजत र आर्मीका जादेन श्रेष्ठले १ मिनेट ०४ दशमलव ०३ सेकेण्डसहित कास्य पदक हासिल गरे ।

नेपाल पुलिस क्लबको टोलीले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७ दशमलव ६८ सेकेण्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भङ्ग गर्दै ८ मिनेट ३२ दशमलव १३ सेकेण्डको नयाँ कीर्तिमान बनाए ।

प्रतियोगिताअन्तरगत महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएका मिखा काया थापाले स्वर्ण पदक (३० दशमलव ७८ सेकेण्ड), नेपाल प्रहरीकी देभान्सी जोशीले रजत (३२ दशमलव ८८ सेकेण्ड) र बागमतीका इरा अमात्य र आर्मीका शिसोम्बुन राईले ३३ दशमलव ५६ सेकेण्डमा पूरा गर्दै संयुक्त रुपमा कास्य पदक प्राप्त गरे ।

पचास मिटर पुरुष ‘बटरफ्लाई’ मा बागमतीका अभिव प्रधानले स्वर्ण (२६ दशमलव ०७ सेकेण्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२७ दशमलव १४ सेकेण्ड), आर्मीका खेलाडीद्वय सौरेनबहादुर सिंह र असिम भण्डारीले २७ दशमलव ३२ सेकेण्ड समय खर्चेर कास्य पदक हासिल गरे ।

दुई सय मिटर महिला फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले स्वर्ण (२ मिनेट १४ दशमलव ०३ सेकेण्ड), आर्मीकी डुअना लामाले रजत (२ मिनेट १४ दशमलव ४२ सेकेण्ड) र एनआरएनएकी मिखा ताया थापाले कास्य (२ मिनेट १९ दशमलव ६८ सेकेन्ड) पदक हात पारे । दुई सय मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले (१ मिनेट ५९ दशमलव ४८ सेकेण्ड) स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले रजत (२ मिनेट ०० दशमलव ८३ सेकेण्ड) र आर्मीका अल्भिन महर्जनले कास्य (२ मिनेट ०५ दशमलव ०० सेकेन्ड) पदक हात पारे ।

एकसय मिटर महिला ब्याकस्ट्रोकमा बागमतीका आर्या महर्जनले स्वर्ण (१ मिनेट ११ दशमलव ९५ सेकेण्ड), एनआरएनएका मिखा काया थापाले रजत (१ मिनेट १३ दशमलव ६२ सेकेण्ड) र बागमतीका रोयल प्रजापतिले कास्य (१ मिनेट १४ दशमलव ४३ सेकेण्ड) पदक हासिल गरे । ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट ०५ दशमलव ६९ सेकेण्ड), प्रहरीले रजत (५ मिनेट ११ दशमलव ७१ सेकेण्ड) र आर्मीले कास्य (५ मिनेट १५ दशमलव ८५ सेकेन्ड) पदक प्राप्त गर्‍यो ।

मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट ०२ दशमलव ४६ सेकेण्ड) आर्मीले रजत (२ मिनेट ०४ दशमलव ११ सेकेण्ड) र प्रहरीले कास्य पदक (२ मिनेट ०७ दशमलव ०८ सेकेण्ड) हासिल गरेको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा अङ्क तालिकामा बागमती ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कूल १९ पदकसहित शीर्ष स्थानमा छ भने एनआरएनए ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र प्रहरी ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ ।

चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक प्राप्त गरेको छ भने पाँचौँ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कूल ३ पदक र कोशी प्रदेश १ स्वर्णसहित तालिकाको छैटौँ स्थानमा रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्मका ६ इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै रेकर्डमा सुधार गर्दै ३० दशमलव ६४ सेकेण्डको नयाँ कीर्तिमान कायम गरेका थिए । महिलातर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७ दशमलव ०१ सेकेण्डको नयाँ कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ९ : ५३ बजे

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

कास्की – पोखरामा आजदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल

परराष्ट्रमन्त्री खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेट

काठमाडौ – परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि