अनलाइनबाट पढाउन शिक्षिकाको नयाँ उपाय | Khabarhub Khabarhub

अनलाइनबाट पढाउन शिक्षिकाको नयाँ उपाय


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना महामारीका कारण शैक्षिक संस्थाहरु बन्द छन् । यस चुनौतीको एक मात्र सहायक बनेको छ इन्टरनेट ।

लकडाउन र कोरोना संक्रमणको त्रासका कारण विद्यालयहरु विद्यार्थीलाई अनलाइनमा पढाउदै आएका छन् । तर अनलाइन शिक्षाका क्रममा भिडियो खिच्ने क्यामेराको होल्डर वा ट्राइपोड नभइदिँदा निकै कष्टकर हुने गरेको छ ।

यहि कष्टको समाधान गर्न भारतकी एक शिक्षिकाले गज्जबको उपाय निकालेकी छन ।

ब्लैक बोर्डको प्रयोगमा पढाउन क्यामेरा अड्याउने विकल्प नभइदिदाँ एक शिक्षिकाले हैंगर, कुर्सी, कपडाको सहायताले ट्राइपोड बनाइ समाधानको विकल्प निकालेकि छन।

ती शिक्षिकाले अपनाएको यहि विकल्पलाई जुगाडको नाम दिएर सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । कैमिस्ट्री शिक्षिका ममता बीले ट्राइपोड नभएकाले घरमा नै उपाय निकालेको बताएकि छन ।

ममताले मोवाइललाई कपडा झुण्ड्याउने हैगरमा बाधेर त्यसलाई डोरीको सहायताले प्लास्टिकको कुर्सी र छतमा बाधेर अड्याएकि छन।

उनको यहि जुगाड भाइरल भैदियो । धेरैले उक्त तस्बिरमा सकारात्मकता र आशा भएको बताएका छन् । केहिले भने भएका साधनको उचित प्रयोग गरेमा महंगो सामग्रीको खरिद गर्नु नपर्ने बताएका छन ।

धेरेले यस तस्बिरमा वाह म्याडम क्या उपाय अपनाउनु भयो भनेर तारिफ गरेका छन।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : २३ बजे

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना

दार्चुलामा भूकम्पको धक्का महसुस

खलङ्गा– दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज