कोरोना महामारी पछिको पहिलो प्रतियोगितामा इङ्ग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दै « Khabarhub

कोरोना महामारी पछिको पहिलो प्रतियोगितामा इङ्ग्ल्यान्ड र वेष्ट इन्डिज भिड्दै


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारी पछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पहिलो अफिसियल प्रतियोगिताका रुपमा टेस्ट क्रिकेट सुरु हुँदैछ ।

कोरोना महामारीकै बीच बुधबार (आज) दिउँसो ३:४५ मा सुरु हुने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजबीचको खेल सँगै क्रिकेट मैदान फर्किनेछ ।

मार्चदेखि अवरुद्ध क्रिकेट लगायत खेल गतिविधि शुरु भइरहँदा खेलाडीदेखि क्रिकेट प्रेमीहरु उत्साहित रहेका छन् । इङ्ग्ल्यान्ड र इन्डिजले तीन टेस्ट खेल्नेछन् । जुन साउथह्यामटनस्थित अगास बोल रंगशालामा हुनेछ ।

कोरोना पछिको पहिलो प्रतियोगिताका लागि इङ्ग्ल्यान्ड टोलीको नेतृत्व वेन स्टोक्सले गरिरहेका छन् भने इन्डिजको टोलीको नेतृत्व जसन होल्डरले गर्नेछन् ।

कप्तान स्टोक्सले सबैले यो क्रिकेट प्रतियोगिताका लागि उत्साहित रहेको बताएका छन् । ‘मलाई थाहा छ सबै जना यो प्रतियोगिताका लागि पर्खिरहेका छन् । सयौं हजारौं मान्छेहरुले हामीले राम्रो गरुन भन्ने चहाएका छन् । त्यो जिम्मेवारी हामीले पनि बोध गरेका छौं,’ कप्तान स्टोक्सले भने ।

दर्शक मैदान उपस्थित नहुने टेस्टमा खेलाडीहरुका लागि भने नयाँ प्रयोग हुनेछ । कोरोना महामारीका कारण दर्शकलाई मैदान उपस्थिती दिइएको छैन ।

इङ्ग्ल्यान्डका खेलाडी साउथह्यामटनमा होटलमै बसेर अभ्यास गरेका हुन् भने इन्डिजको टोली वल्ड ट्राफोर्डमा आइसोलेसनमै बसेको थियो । आइसोलेसनमा रहेपनि उसले दुई अभ्यास खेल भने खेलेको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : २९ बजे

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज

तोरी फुलेर पहेँलै कावासोती र देवचुली (तस्बिरहरू)

नवलपरासी– नवलपरासी (सुस्तापूर्व) को कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा

मानव अधिकार सुनिश्चित गर्ने मार्गमा भ्रष्टाचार गम्भीर चुनौती : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले गरिबी, बेरोजगारी, सामाजिक असमानता, लैङ्गिक हिंसा,

पोखरा–ढोरपाटन पर्यटन कार्यक्रम सुरु

पोखरा– नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले पोखरा–ढोरपाटन

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा