काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ६ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।
बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १९८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ४९४ पुगेको हो ।
एकै दिन ६ हजार ३६८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ९४ हजार २३० पुगेको छ ।
२ लाख १९ हजार ८५६ जनाको उपचार भइरहेको छ भने ४ लाख ६३ हजार ८८० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।
प्रतिक्रिया