‘राधे’ को शूटिङ थाल्दै सलमान खान, स्टूडियोमा गीत र बाँकी दृश्यको शूटिङ हुने « Khabarhub

‘राधे’ को शूटिङ थाल्दै सलमान खान, स्टूडियोमा गीत र बाँकी दृश्यको शूटिङ हुने


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – लकडाउनका कारण बलिउड लामो समयदेखि बन्द छ । लकडाउनको प्रभाव बिस्तारै खुल्दै छ । बलिउडमा कलाकारहरु पनि अब आफ्नो कामतर्फ फर्किन थालेका छन् ।

यता सलमान खान पनि आफ्नो फिल्मको छायांकन थाल्ने योजनामा छन् ।

खबरका अनुसार फिल्मका निर्देशक प्रभु देवा, निर्माता अतुल अग्निहोत्री र सलमान खानबीच अब फिल्मको बाँकी छायांकन थाल्ने सहमति भएको छ ।

बाँकी फिल्मको छायांकन भने मुम्बईको एक फेमस स्टुडियोमा हुने भएको छ । योजनाअनुसार अब यो फिल्मको छायांकन अगस्तबाट शुरु हुनेछ । फिल्मको एक गीत र केही बाँकी दृश्य पनि छायांकन गर्नुपर्ने छ ।

फिल्मको बाँकी छायांकन मुम्बईको महबूब स्टुडियोमा गरिनेछ । छायांकनमा सकभर कमभन्दा कम क्रु सदस्य हुने पनि जनाइएको छ ।

पछिल्लो समय ‘राधे’ ओटीटीमा रिलिज हुने चर्चा पनि चलिरहेको थियो । तर, फिल्म टिमले यो अफवाह भएको बताएको थियो ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  ११ : ५७ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक