ट्रोलको शिकार भएपछि करण जोहर पूर्ण रुपमा टुटे « Khabarhub

ट्रोलको शिकार भएपछि करण जोहर पूर्ण रुपमा टुटे


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस चर्किरहेको छ । बलिउडका कैयन् चर्चित सेलिब्रेटी र स्टार किडलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ ।

निर्माता तथा निर्देशक करण जोहर पनि ट्रोलको शिकार भइरहेका छन् । बलिउड सेलिब्रेटी सलमान खान, आलिया भट, सोनाक्षी सिन्हा लगायतलाई पनि सुशान्तका फ्यानले निरन्तर गाली गरिरहेका छन् ।

तारन्तार गालीको वर्षा भएपछि बलिउड निर्माता करण जोहर पीडामा परेका छन् । भारतीय मिडियाले उनका नजिकका साथीको हवाला दिँदै करण जोहर पूर्ण रुपमा टुटिसकेको लेखेका छन् ।

सामाजिक सञ्जालमा भइरहेको ट्रोलिङले करणलाई खराब अनुभव तुल्याएको भारतीय मिडियाले लेखेका छन् । उनका साथीले भनेका छन् – जतिबेला मैले फोन गर्छु, उनी रुँदै भन्छन्, मैले त्यस्तो के गरेको थिएँ र मैसँग यस्तो भइरहेको छ?

करण आफ्ना कारणले मात्र नभएर आफूसँग जोडिएका साथीहरुलाई सामाजिक सञ्जालमा हमला गरेका कारण पनि चिन्तित छन् । साथै करणलाई धम्की पनि आइरहेको ती साथीले खुलासा गरेका छन् ।

पछिल्लो समय नेपोटिज्ममाथि बहसमा विवादमा मुछिएका करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेजको निर्देशक पदबाट राजीनामा दिएका थिए ।

करणले पछिल्लो समय ट्वीटरमा पनि ८ सेलिब्रेटीलाई बाहेक सबैलाई अनफलो गरेका छन् । साथै इन्स्टाग्राममा पनि कमेन्ट गर्न नमिल्ने बनाएका छन् ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १२ : २० बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा