बागलुङमा एकै दिन ४२ जनाले जिते कोरोना संक्रमण | Khabarhub Khabarhub

बागलुङमा एकै दिन ४२ जनाले जिते कोरोना संक्रमण


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङमा एकै दिन ४२ जनाले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

धौलागिरी अस्पतालको आइसोलेसनमा रहेका ७ र बुर्तिवाङस्थित दुई वटा प्रि–आइसोलेसनमा बसेका ३५ गरेर ४२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्केिएका हुन्।

उनीहरु सबैको दोस्रो पटकको स्वाबको  पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए।

डिस्चार्ज भएका सबैलाई १४ दिनसम्म अनिवार्य रुपमा होम क्वारेन्टाइनमा बस्न भनिएको छ।

बुर्तिवाङबाट डिस्चार्ज हुनेमा ७ महिला छन्। यस्तै बडिगाड गाउँपालिकाका १५, ढोरपाटन नगरपालिकाका १७, निसीखोलाका २ र तमानखोलाका १ पुरुष छन्। धौलागिरी अस्पतालबाट डिस्चार्ज हुनेमा काठेखोला गाउँपालिकाका ७ जना छन्।

जिल्लामा बुधबारसम्म संक्रमित संख्या २ सय ११ पुगेको छ। जसमध्ये १ सय ५७ संक्रमित निको भइसकेका छन्। अब ५४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : ४८ बजे

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ