चितवन र नवलपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

चितवन र नवलपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि


२४ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले बुधबार बेलुकी जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुने ४ जना चितवनका र १ जना नवलपुरका छन् ।

अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिका वडा नं १७ र १८ का ३ जना पुरुष रहेका छन् भने कालिका नगरपालिका वडा नं २ का ३८ वर्षीय एकजना पुरुष छन् ।

त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका वडा नं १३ का एकजना ३१ वर्षीय पुरुषमा पनि संक्रमण भेटिएको छ ।

भरतपुर अस्पतालमा असार २४ गते संकलित कुल २५५ स्वाब नमूनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य २५० नमूनाको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार  १० : ०९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर