प्रिमियर लिगमा म्यान्चेष्टर सिटीको फराकिलो जीत « Khabarhub

प्रिमियर लिगमा म्यान्चेष्टर सिटीको फराकिलो जीत


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शानदार जीत हात पारेको छ ।

बुधबार राति भएको खेलमा सिटीले न्युकासल युनाइटेडलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जीत दिलाउन गाब्रियल जिसस, रियाद महरेज, रहिम स्ट्रर्लिङ र डेभिड सिल्भाले एक एक गोल गरे ।

न्युकासलका फेड्रिको फर्नान्डेजले एक आत्मघाती गोल गरेका थिए । जीतसँगै सिटीले ३४ खेलबाट ६९ अंक जोडेको छ । सिटी लिगको दोस्रो स्थानमा रहेको छ ।

सिटी लिग लिडर तथा च्याम्पियन लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ । लिभरपुलको ९२ अंक रहेको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ६ : ३५ बजे

पहिले चलेर असफल भएको थियो रात्रिकालीन बस सेवा

काठमाडौँ–  उपत्यकाका ४ नगरपालिकाको  संयुक्त प्रयासमा बुधबारदेखि रात्रिकालीन बस सेवा

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा

दशैँसम्मका लागि २० फिल्मको ‘डेडललाइन’: एउटै मितिमा प्रियंका र नीताको भिडन्त

काठमाडौँ – नयाँ वर्षको प्राइम डेटमा हलमा तीन–चार वटा फिल्मले

रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या

यातायात राजस्व: ९ महिनामा साढे २३ करोड, सवारी करबाट मात्रै १९ करोड

मध्यविन्दु – यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु