नेकपालाई एकढिक्का राख्न रुपन्देहीका जनप्रतिनिधिको अपिल | Khabarhub Khabarhub

नेकपालाई एकढिक्का राख्न रुपन्देहीका जनप्रतिनिधिको अपिल


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाबाट निर्वाचित रुपन्देहीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पार्टीको शीर्ष तहका देखिएको विवाद हल गरी एकताको सन्देश दिन अपिल गरेका छन् ।

पार्टीको शीर्ष तहमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनप्रतिनिधिले कार्यकर्ताको भावना बुझेर एकतावद्ध रुपमा अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाबाट निर्वाचित रुपन्देहीका स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको मणिग्राममा सम्पन्न बैठकले पार्टी केन्द्रमा देखिएको विवादप्रति सामूहिक धारणा बनाउँदै पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, ओमसतिया, सियारी, शुद्धोधन र कञ्चनका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो ।

बैठकबाट उनीहरुले आफूहरु टुटफुट होइन एकताबद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा रहेको बताउँदै स्थानीय जनताको सेवामा समर्पित हुने र सिंगो जनताको समृद्धि प्राप्तिको लागि एक ठाउँमा उभिने निर्णय गरेका छन् ।

जनताको अभिमत, कार्यकर्ताको अपेक्षा र राष्ट्रको आवश्यकता अनुसार पार्टी नेतृत्व एकताबद्ध भई जनतामा सकारात्मक सन्देश पुर्‍याउन जनप्रतिनिधिहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

संघीय, प्रदेश र स्थानीय सरकारलाई नेपाली जनताले भारी जनमत दिएको अवस्थामा तीनै तहका सरकार र पार्टीको नेतृत्वमा विकास र समृद्धि प्राप्त गर्दै समाजवादको आधार तय गर्ने र सुखी नेपालीः समृद्ध नेपाल निर्माण गर्ने दृढ चाहना सबैको रहेको उनीहरुको सामूहिक धारणा छ । यसलाई पूरा गर्नको लागि बलियो पार्टी र बलियो सरकार अहिलेको आवश्यकता रहेको उनीहरुको ठहर छ ।

जनप्रतिनिधिहरुले पार्टी एकताको मर्म र भावनाअनुसार अगाडि बढ्दै विधि विधान र संस्थागत निर्णय सहित अगाडि बढ्दै कार्यकर्ता र नेपाली जनताको अपेक्षालाई पूरा गर्न पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १० : ३१ बजे

काठमाडौंको पहेँलो पुलमा बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुलमा स्पोर्टस् पार्क निर्माणको काम

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता

बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान