प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै | Khabarhub Khabarhub

प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्रीसँगको छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज (बिहीबार) बिहानै बालुवाटार पुगेका छन् ।

मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले प्रदेश सरकारले गरिरहेको कामका विषय छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्साका हावाहुरी पीडितको राहत र पुर्नवासका लागि सरकारसँग माग गर्ने बुझिएको छ।

हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएपछि भोलिपल्ट बिहानै (सोमबार) बसेको प्रदेश २ सरकारले राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारसँग माग गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  ८ : ५२ बजे

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा