‘तेरे नाम’मा सलमान खानभन्दा पहिले रोजाइमा थिए यी अभिनेता « Khabarhub

‘तेरे नाम’मा सलमान खानभन्दा पहिले रोजाइमा थिए यी अभिनेता


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सन् २००३ मा रिलिज भएको फिल्म ‘तेरे नाम’ बलिउडकै उत्कृष्ट लभस्टोरी फिल्ममध्ये एक हो । यो फिल्म तमिल फिल्म ‘सेतु’ को रिमेक हो । पहिले फिल्मको हिन्दी राइटस् रामगोपाल बर्माले खरिद गरेका थिए ।

यो फिल्मलाई बर्माले आफै बनाउन चाहन्थे तर हिन्दीमा पटकथा लेख्ने जिम्मा अनुराग कश्यपलाई दिइयो । अनुरागले फिल्मको कहानीमा यति चासो राखे कि, रामगोपालले उनलाई फिल्म निर्देशन गर्न पनि अफर गरे ।

अनुराग जिन्दगीमा पहिलोपटक कमर्सियल फिल्म निर्देशन गर्ने भएका कारण इच्छुक पनि देखिए र उत्साहित पनि भए । उनले फिल्मको कहानीको हिसाबले अनिल कपूरका भाइ सञ्जय कपूरलाई हिरो लिनेबारे निर्मातासँग छलफल गरे ।

फिल्मको प्री प्रोडक्सनको काम पनि शुरु भयो ।

यसैबीच रामगोपाल बर्माले यो फिल्म नबनाउने भए । फिल्ममा अर्का निर्माता आए । अर्का निर्माताले यो फिल्मलाई थप राम्रो बनाउने र सलमान खानलाई शीर्ष भूमिकामा खेलाउने प्रस्ताव ल्याए ।

अनुराग सलमानसँग काम पनि इच्छुक देखिए । अनुरागले सलमान खानसँग कुरा पनि गरे । हिरोमा आफूलाई ढाल्नलाई पनि भने । उनले सलमान खानलाई कस्तो पात्र चाहिएको हो भनेर बुझाउन खोजे ।

उनले सलमान खानको जिमवाला बडी नचल्ने र कपाल लामो हुनुपर्ने पनि भने । त्यतिबेला अनुरागको कुरा सलमानले सुने । तर, केही बोलेनन् ।

अर्को दिन अनुराग निर्माताको अफिस पुगे । तर, निर्माताले सलमानलाई भड्काउन खोजेको भन्दै अनुरागलाई निर्मातालाई उल्टो गाली गरे । अनुराग गाली खाएर फर्के ।

पछि थाहा भयो कि, निर्माताले निर्देशनको जिम्मेवारी सतीश कौशिकलाई दिएछन् ।

रिलिजपछि ‘तेरे नाम’ फिल्म सलमान खानको करिअरकै गेम चेन्जर फिल्म बन्यो । फिल्म खुब चल्यो । सलमान खानको यो कपालको स्टाइलको पनि नक्कल गरियो ।

अहिले सबाल उठ्ने गर्छ कि यदि त्यो फिल्ममा अनुराग कश्यप हुन्थे र सञ्जय कपूर हुन्थे भने फिल्म कस्तो बनेको हुन्थ्यो होला ?

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १२ : ३३ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक