‘कृष ४’ मा विश्वस्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने « Khabarhub

‘कृष ४’ मा विश्वस्तरको स्पेशल इफेक्टस् प्रयोग गरिने


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण सुस्ताएको बलिउडमा अब बिस्तारै खुल्दै छ । लामो समयदेखि सुपरपावरमा आधारित फिल्म ‘कृष ४’ को दर्शकलाई प्रतीक्षा छ ।

अघिल्लो भाग ७ वर्षअघि रिलिज भएको थियो । तर, यसको चौथो सिक्वेल कहिले बन्ने भन्ने अझै टुंगो छैन ।

खबरका अनुसार फिल्मको स्किृप्टमा अझै पनि काम चलिरहेको छ । ऋतिक रोशन र राकेश रोशनको फ्रेन्चाइज यो फिल्ममा स्पेशल इफेक्टस पनि प्रयोग गरिनेछ ।

फिल्मको स्पेशल इफेक्टसका लागि भारतीय मात्र नभएर विदेशबाट पनि टिम ल्याइने जनाइएको छ । एभेन्जर्सजस्ता फिल्म हेरेका दर्शकका लागि अब राम्रो फिल्म बनाउन सकिएन भने दर्शकको मन जित्न सकिने टिमले निर्णय गरेको छ ।

फिल्ममा विश्वस्तरको स्पेशल इफेक्टस प्रयोग गरिने जनाइएको छ ।

यस्तै फिल्ममा ऋतिक रोशनको दोहोरो भूमिका रहनेछ । फिल्ममा रोहित मेहतालाई पुनर्जीवित गरिने गरी कथा तयार पारिएको छ ।  फिल्ममा ऋतिकलाई कृष्ण र रोहित मेहराको भूमिकामा देख्न सकिनेछ ।

यद्यपि फिल्ममा ऋतिकबाहेक बाँकी कलाकार को हुने भन्ने अझै टुंगो लगाइएको छैन । अहिले पूर्ण काम स्किृप्टमा मात्र भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  १ : ५२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक