सिन्धुपाल्चोक पहिरो अपडेट : घाइतेको उपचार गर्न काठमाडौं ल्याइयो « Khabarhub

सिन्धुपाल्चोक पहिरो अपडेट : घाइतेको उपचार गर्न काठमाडौं ल्याइयो

मृतक र बेपत्ताको परिचय खुल्यो (नामावलीसहित)


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा गएको पहिरोमा परी घाइते भएका एक जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचार गर्न काठमाडौं ल्याइएको छ । अन्यको उद्दारको काम जारी छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्धारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

गएराति अविरल वर्षासँगै सिन्धुपाल्चोकको ठाडो खोलामा आएको बाढीबाट जम्बु, खागदल र बुलकोटेमा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका–५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रविसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका ४ गरी २० जना बेपत्ता भएका छन् ।

बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बेपत्ता हुनेहरुमा भीमबहादुर वाईवा, चिनीमाया वाईवा, लिलामाया वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमाया वाईवा, जनकबहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ छन् ।

त्यसैगरी भोटेकोसी गाउँपालिकाका बेपत्ता हुनेहरुमा निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीका जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनुका साथै पक्की पुलसमेत बगाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  २ : ५६ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको