सरिता गिरी सांसदबाट निष्कासित, सांसद पद रिक्त « Khabarhub

सरिता गिरी सांसदबाट निष्कासित, सांसद पद रिक्त


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ ।

संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।

संसदका महासचिव भरतराज गौतमले सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई जानकारी गराएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरेका हुन् ।

संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ ।

संघीय संसद सचिवालयले प्रतिनिधि सभामा एक पद रिक्त हुन आएको व्यहोरा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा (२) र प्र.स. नियामावली, २०७५ को नियम २१२ को उपनियम (३) बमोजिम निर्वाचन आयोगलाई जानकारी गराई सकिएको छ ।

नयाँ नक्शालाई निशान छापमा समावेश गर्ने गरि गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई निष्कासन गर्ने निर्णयय गरेको थियो ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ४ : ०३ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका