आज काठमाडौंमा थपिए ५ कोरोना संक्रमित « Khabarhub

आज काठमाडौंमा थपिए ५ कोरोना संक्रमित


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (बिहीबार) काठमाडौंमा ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। आज भक्तपुर र ललितपुरमा भने एक जना पनि संक्रमित थपिएनन्।

प्रवक्ता गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना र वीर अस्पतालमा १ गरी ५ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५८८ जनाको पीसीआर परीक्षण गरिएकोमा १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको छ।

हाल देशभरका क्वारेन्टिनमा २४ हजार ४२५ जना छन्। त्यसैगरी आइसोलेसनमा रहेका एक्टिभ केसको संख्या ८ हजार ६०५ छ।

अहिलेसम्म ७ हजार ८९१ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ४ : ५० बजे

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक

पार्टीको महाधिवेशन लम्बिन सक्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन केही