सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय | Khabarhub Khabarhub

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौंबाहिर पनि एक जिल्लाबाट अर्कोमा जान नपाउने गरी सार्वजनिक सवारीसाधन चल्न पाउनेछन् ।

बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार उपत्यकाभित्र ट्याक्सीमा चालकसहित ३ जना यात्रा गर्न पाइने छ । एकै परिवारका सदस्य भए एउटा ट्याक्सीमा ५ जनासम्म यात्रा गर्न पाइनेछ ।

यस्तै सरकारले सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइने छ । सवारीमा सेनिटाइजर अनिवार्य गरिएको छ भने चालक र सहचालकले मास्क र ग्लोब लगाउनु पर्नेछ ।

सरकारले थोरै यात्रु भएका कारण सार्वजनिक सवारीले ५० प्रतिशतसम्म बढी भाडा उठाउन पाउने निर्णय समेत गरेको छ ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा निजी सवारी साधन सञ्चालनमा आएका थिए । व्यवसायीले बैंकको किस्ता तिर्न समेत गाह्रो भएको भन्दै उचित सुरक्षा अपनाएर सवारी साधन चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए ।

सरकारले लामो  र मध्यम दूरीका सवारी साधन चलाउनमा भने अझै रोक लगाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : २८ बजे

जडीबुटी खेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण

कैलाली– वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटी खेती विस्तारका लागि

गृहमन्त्री अर्याल एमाले जस्तो देखिँदै छन् : सुदन गुरुङ

काठमाडौं– जेनजी अभियन्ता सुदन गुरुङले जेनजीको माग पूरा गर्ने जिम्मा

एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि

गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी– आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा

एकैदिन तोलामा ५ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज