सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय « Khabarhub

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौंबाहिर पनि एक जिल्लाबाट अर्कोमा जान नपाउने गरी सार्वजनिक सवारीसाधन चल्न पाउनेछन् ।

बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार उपत्यकाभित्र ट्याक्सीमा चालकसहित ३ जना यात्रा गर्न पाइने छ । एकै परिवारका सदस्य भए एउटा ट्याक्सीमा ५ जनासम्म यात्रा गर्न पाइनेछ ।

यस्तै सरकारले सुरक्षाको मापदण्ड अपनाएर सार्वजनिक साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । उपत्यकाबाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने गरी सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सञ्चालन गर्न पाइने छ । सवारीमा सेनिटाइजर अनिवार्य गरिएको छ भने चालक र सहचालकले मास्क र ग्लोब लगाउनु पर्नेछ ।

सरकारले थोरै यात्रु भएका कारण सार्वजनिक सवारीले ५० प्रतिशतसम्म बढी भाडा उठाउन पाउने निर्णय समेत गरेको छ ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा निजी सवारी साधन सञ्चालनमा आएका थिए । व्यवसायीले बैंकको किस्ता तिर्न समेत गाह्रो भएको भन्दै उचित सुरक्षा अपनाएर सवारी साधन चलाउन पाउनुपर्ने माग राख्दै आएका थिए ।

सरकारले लामो  र मध्यम दूरीका सवारी साधन चलाउनमा भने अझै रोक लगाएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ५ : २८ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति