धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव « Khabarhub

धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले पार्टी एकतालाई असर पार्नेगरी भइरहेका सडक प्रदर्शन तथा धर्ना रोक्न सुझाव दिएका छन् ।

बिहीबार साँझ कृषि मन्त्रालयमा बसेको दोस्रो तहका नेताहरुले पार्टी विभाजनलाई प्रोत्साहन गर्नेगरी सामाजिक सञ्जाल लेख्ने कार्य समेत रोक्नुपर्ने निष्कर्ष निकालेका छन्।

कृषि मन्त्री रहेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको संयोजनमा दोस्रो तहका नेताहरुको बैठकले पार्टीको विवाद झन चर्काउने गरी भएका जुलुस रोक्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

यसअगाडि मन्त्री भूसालकै क्वाटरमा बसेको भेलाले एकताललाई जोड दिन आग्रह गरेको थियो।

भेला पछि दोस्रो तहका नेताहरुको तर्फबाट भूसालले अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमकल दाहाल लगायत शीर्ष नेताहरुलाई भेटेका थिए।

बिहीबारको छलफलपछि भूसालले दोस्रो तहका नेताहरु एकतालाई असर पार्ने सबै गतिविधि रोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय भएको बताए।

छलफलमा नेकपा नेताहरु भूसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, मणि थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, टोपबहादुर रायमाझी लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ८ : ०५ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा