धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव | Khabarhub Khabarhub

धर्ना जुलुस रोक्न नेकपा नेताहरुको सुझाव


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताहरुले पार्टी एकतालाई असर पार्नेगरी भइरहेका सडक प्रदर्शन तथा धर्ना रोक्न सुझाव दिएका छन् ।

बिहीबार साँझ कृषि मन्त्रालयमा बसेको दोस्रो तहका नेताहरुले पार्टी विभाजनलाई प्रोत्साहन गर्नेगरी सामाजिक सञ्जाल लेख्ने कार्य समेत रोक्नुपर्ने निष्कर्ष निकालेका छन्।

कृषि मन्त्री रहेका स्थायी कमिटी सदस्य घनश्याम भूसालको संयोजनमा दोस्रो तहका नेताहरुको बैठकले पार्टीको विवाद झन चर्काउने गरी भएका जुलुस रोक्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

यसअगाडि मन्त्री भूसालकै क्वाटरमा बसेको भेलाले एकताललाई जोड दिन आग्रह गरेको थियो।

भेला पछि दोस्रो तहका नेताहरुको तर्फबाट भूसालले अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमकल दाहाल लगायत शीर्ष नेताहरुलाई भेटेका थिए।

बिहीबारको छलफलपछि भूसालले दोस्रो तहका नेताहरु एकतालाई असर पार्ने सबै गतिविधि रोक्न नेतृत्वलाई आग्रह गर्ने निर्णय भएको बताए।

छलफलमा नेकपा नेताहरु भूसाल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, मणि थापा, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, टोपबहादुर रायमाझी लगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ८ : ०५ बजे

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल