विश्व बैंकको ५४ अर्ब ऋण सहायता स्वीकार | Khabarhub Khabarhub

विश्व बैंकको ५४ अर्ब ऋण सहायता स्वीकार


२५ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले विश्व बैंकको सहयोगमा रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्गलाई थप विस्तार र सुदृढीकरण गर्ने भएको छ ।

सो आयोजनाअन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड तथा कमला–ढल्केबर–पथलैया सडकखण्डको सुधार गर्ने भएको छ । यस्तै अन्तरदेशीय व्यापार दक्षतामा सुधार एवम् रणनीतिक सडक सञ्जाल व्यवस्थापनको क्षमता विस्तार कार्यक्रम सञ्चालनका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ ।

मन्त्रिपरिषद्को यही असार २३ गते बसेको बैठकले प्रस्तावित ३०० मिलियन अमेरिकी डलर र स्केल अफ फेसिलिटीअन्तर्गत १५० मिलियन अमेरिकी डलर गरी कूल ४५० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । नेपाली मुद्रामा उक्त ऋण सहायता रु ५४ अर्ब बराबरको रहेको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा उक्त ऋण सहायता लिन लागिएको हो ।

यस्तै नेपाल शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजनाअन्तर्गत शहरको दिगो र सुरक्षित पूर्वाधारको विकास गरी सेवा प्रवाहलाई गुणस्तरीय एवं भरपर्दो बनाउन विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर (करिब रु १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णयसमेत भएको छ ।

यस्तै एशियाली विकास बैंकबाट नागरिक उड्डयन क्षेत्र विकास कार्यक्रमका लागि प्राप्त हुने ५० मिलियन अमेरिकी डलर (करिब रु पाँच अर्ब ९६ करोड) बराबरको ऋण सहायता स्वीकार गरिने भएको छ ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार  ८ : ४८ बजे

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन

ट्रम्प–पुटिन शिखर सम्मेलनअघि रुसमाथि थप ‘दबाब’ दिन युरोपेली नेताहरूको आग्रह

किएभ- युक्रेनमा जारी युद्ध अन्त्यका लागि ट्रम्प र पुटिनबीचको शिखर

वन्यजन्तुको आक्रमणमा ज्यान गुमाएकाका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति

तनहुँ– वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन