भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा « Khabarhub

भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकामा प्रयोजन विपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजन विपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारवाही गरिएको जानकारी दिए ।

‘बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजन विपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ’, उनले भने ।

यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  १० : ३४ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन