सीके राउतले दिए फेसबुकमा लालबाबु राउतलाई दनक ! « Khabarhub

सीके राउतले दिए फेसबुकमा लालबाबु राउतलाई दनक !


२१ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रदेश सरकारले गरेका निर्णयको चर्को ओलोचना गरेका छन् ।  प्रदेश नम्बर २ सरकारले संघीय सरकारको आलोचना गरिरहँदा सोही प्रदेशलाई केन्द्र बेनाएर राजनीतिमा होमिएका राउत प्रदेश सरकारविरुद्ध खनिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दलित र मुस्लिमको कोटा खोसेर अरुलाई दिने प्रदेश प्रहरी ऐन ल्याएकाे भन्दै विरोध जनाएका छन् । त्यसैगरी दलितहरु प्रदेश सभा घेराऊ गर्न जाँदा प्रदेश सरकारले गरेको दमनको आलोचना गरेका छन् । प्रदेश सरकारका मन्त्रीले दलितलाई अछूत ‘चमार’ भनेर गाली गर्नु गैरकानूनी भएको बताएका छन् ।

त्यस्तै, पछिल्लो पटक बाराको हावाहुरीमा अधिकांश मुस्लिम र दलित मारिँदा प्रदेश सरकार कानमा तेल हालेर सुतेको आरोप लगाएका छन् । हुरीले बढी पीडित बनेका दलित बस्तीमा कुनै भीआइपीले नीरिक्षण नगरेको तथा राहत समेत नपुगको बताएका छन् । उनले दलित र मुस्लिम विरोधी प्रदेश सरकार मुर्दावाद समेत लेखेका छन्  ।

उनले लेखेका छन्-

” केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमंत्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन । भोजभतेर मैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन। जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मंदिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन। तर अहिले भोक-भोकै घरबारविहिन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल-भात खुवाउन मुख्यमंत्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ। हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ? “

यस्तो छ अर्को स्टाटस

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहिबार  १० : ५६ बजे

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत