हिन्दी फिल्म ‘यारा’ को टिजर, एक दृश्यमा मरिष्का « Khabarhub

हिन्दी फिल्म ‘यारा’ को टिजर, एक दृश्यमा मरिष्का


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दी फिल्म ‘यारा’ को टिजर सार्वजनिक गरिएको छ । धमाकेदार एक्सनसहितको टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा बलिउड अभिनेता विद्युत जामवाल, विजय बर्मा, श्रुति हसन लगायतको शीर्ष भूमिका रहेको छ । साथै फिल्म नेपालमा समेत छायांकन गरिएको छ ।

मित्रताको कथा भनिएको यो फिल्ममा नेपाली कलाकार मरिष्का पोखरेलको पनि अभिनय रहेको छ । टिजरमा भने उनलाई जम्मा एक सेकेन्ड स्पेस दिइएको छ ।

मरिष्काले सामाजिक सञ्जालमार्फत फिल्मको टिजर हेर्दा खुशी लागेको बताएकी छिन् । उनले लामो समयदेखि यो दिन हेर्न चाहेको पनि बताएकी छिन् ।

मरिष्काका अनुसार फिल्मका लागि उनले झण्डै ५ वर्षअघि अडिसन दिएकी थिइन् । त्यतिबेला उनले केही फेशन शोमा मात्र सहभागी जनाएकी थिइन् ।

यो फिल्मले आफ्नो करिअरलाई फाइदा पुर्‍याउने उनको विश्वास छ । फिल्ममा ४ साथीको कथा देख्न सकिनेछ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ३ : १२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक