कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजार भन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजार भन्दा बढीको मृत्यु


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन्.। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३५ हजार ८२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २७ लाख ३३ हजार ३०५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख ७५ हजार ४५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८२ हजार २५९जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ४० हजार २८९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ६६५ को मृत्यु भएको छ । एसिया २८ लाख ९ हजार ४६३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६६ हजार ९१७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख ४५ हजार ३१३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ५०३ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ३ : ३९ बजे

गृहमन्त्री सुधनले संसदमा भने ‘धेरै भयो मैले सहेको’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले संसदमा विपक्षीप्रति आक्रोशित हुँदै आफूले धेरै

गृहमन्त्रीको प्रश्न- स्थानीय सरकार कसको र ह्वील लक कसले लगायो ? 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विपक्षीले विरोध

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

आत्मदाहको कुरा उठाउने विपक्षी सांसदमाथि खनिए गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाहको विषयलाई लिएर विरोध

युद्ध-विराम प्रयासको बावजुत गाजामा इजरायली आक्रमण जारी पछिल्लो आक्रमणमा छ जनाको मृत्यु

गाजा– अमेरिकी मध्यस्थतामा गरिएको ‘युद्धविराम’ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो