बैंकिङ कसूर मुद्दाका फरार दुई पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार दुई पक्राउ


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज सूचना जारी गरी जनाएको छ ।

काठमाडौँ ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौँ कलङ्कीका मनोजलाल सिंह दुलाललाई आज पक्राउ गरिएको हो ।

उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र रु छ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो ।

सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ । यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र रु १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

उनीहरुलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ । अदालतले उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ३ : ४९ बजे

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वाशिङ्टन- राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर

मन्त्री अर्यालसँग अस्ट्रेलियाकी राजदूत जोन्स्टनको बिदाइ भेट

काठमाडौं– नेपालका लागि अस्ट्रेलियाली राजदूत लियान जोन्स्टनले बुधबार गृहमन्त्री ओमप्रकाश

प्रकाश र दयाहाङको पहिलो सहकार्य रहेको फिल्म ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

काठमाडौं – माघ १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘मिरमिरे’को

जेन-जी प्रदर्शनका घाइतेको वर्गीकरणमा सहजीकरणको लागि समन्वय गर्न मन्त्रालयको आह्वान

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरणको