प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन « Khabarhub

प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा आज पनि प्रदर्शन


२६ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

युवाहरुले पार्टीभित्रै प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि दिनहुँजसो लगातार प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गर्दै आएका छन् ।

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको प्रवाह नगरी प्रदर्शन गरिएको हो ।

पार्टीको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् ।

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयबीच वार्ता हुँदै आएपनि निकास निस्किन सकेको छैन । नेकपाका दोस्रो तहका नेताहरुले भने धर्ना तथा प्रदर्शनलाई रोक्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार  ६ : २८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका