ला लिगामा रियल मड्रिडको सहज जीत « Khabarhub

ला लिगामा रियल मड्रिडको सहज जीत


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले आलाभेसविरुद्ध सहज जीत निकालेको छ ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियलले आलाभेसलाई २-० गोल अन्तरले हराएको हो ।

रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमा र मार्को एसेन्सियोले एक/एक गोल गरे ।

खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो ।

आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले लिगको १८ औं गोल गरे ।

दोस्रो हाफको सुरुवाती समयमा नै रियलले अग्रता दोब्बर पार्यो । रोड्रीगोको थ्रु पासमा बेन्जेमाले बल अगाडी बढाउँदै पेनाल्टी क्षेत्रको ठिक भित्र दिएको पासलाई  मार्को एसेन्सियोले गोलमा परिणत गरे ।

जीतसँगै शीर्ष स्थानमा रहेको रियलले अंक तालिकामा पुन: ४ अंकको अग्रता कायम गरेको छ । रियलको ३५ खेलमा ८० अंक रहेको छ । दोस्रो स्थानको बार्सिलोनाले ३५ खेलमा ७६ अंक छ । रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित १७ औं स्थानमा छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : १८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने