सेतीनदीमा बहाव बढेपछि तनहुँको शुक्लागण्डकीका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो | Khabarhub Khabarhub

सेतीनदीमा बहाव बढेपछि तनहुँको शुक्लागण्डकीका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – अविरल वर्षाले सेतीनदीमा बहाव बढेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सेती नदीमा पानीको बहाव बढेपछि नदी शुक्लागण्डकी नगरपालिका–४ का २८  र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारका करिव २०० जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

उनीहरूलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रियरुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

पानी परिरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा लैजानसमेत कठिनाइ भएको छ । उनले भने, ‘हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ ।’

शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिए ।

पछिल्लो विवरणअनुसार शुक्लागण्डकी नगरपालिका–४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानन्तरण गरिएको छ ।

त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बतीय क्याम्पमा स्थानन्तरण गरिएको शुक्लाण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि बङ्गुर  र कुखुरा बगाएको भनिए पनि के कति परिमाणमा बगाएको हो भन्ने तथ्याङ्क नरहेको उनले बताए ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १० : ०० बजे

जापानमा भालु विरुद्ध हतियार प्रयोग गर्न प्रहरीलाई अनुमति

एजेन्सी– टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी जारी गर्न प्रेरित गरे सँगै

गृहको प्रतिवेदन भन्छ : लुटिएका ७१८ थान हतियार फिर्ता, जेन-जीका नाममा तोडफोड र आगजनी गर्ने ४२९ पक्राउ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति सुरक्षा अवस्था र आगामी

पूर्वप्रधानमन्त्री हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

ढाका– बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको

पोखरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते हुने निर्वाचनका लागि पोखरामा मतदाता नामावली दर्ता

राजनैतिक संक्रमणकाबीच नेपालको आर्थिक वृद्धिदर सुस्त हुने : विश्व बैंक

काठमाडौं– गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात् छाएको राजनैतिक अस्थिरताको प्रभावलाई