बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह « Khabarhub

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमार्फत विपद्को यस घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनता, जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायलाई समेत अपिल गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, गुल्मी, बझाङ, लमजुङ, कास्की, रुकुम, जाजरकोट र रोल्पालगायत अन्य विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति, मानवीय क्षति, मानिस घाइते र बेपत्ता भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गरे ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १ : २० बजे

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन