सलह कीरा फेरि नेपाल आउन सक्ने आँकलन « Khabarhub

सलह कीरा फेरि नेपाल आउन सक्ने आँकलन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालीनालीमा क्षति पुर्‍याउने फट्याङग्रा प्रजातिको सहलको झुन्ड फेरि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ।

यसअघि असार १५ गते नेपाल प्रवेश गरेका सलहका झुन्डले मुलुकका विभिन्न जिल्लामा अन्नबालीमा क्षति पुर्‍याए पनि अन्ततः अनुकूल मौसम नहुँदा तितिरवितिर हुनुका साथै मरेका थिए।

तर, भारतबाट फेरि सलहको झुन्ड आउनसक्ने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया क्षेत्रमा सलहका दुई वटा झुन्ड छन्। ती झुन्डले १ सय ५० हेक्टर क्षेत्रफलमा फैलिएको बताइन्छ।

‘यी झुन्ड हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै नेपालको धनुषा,महोत्तरी, सर्लाही क्षेत्रमा प्रवेश गर्न सक्ने प्रक्षेपण गरिएको छ,’ प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले शनिबार जारी गरेको सूचनामा भनिएको छ।

केन्द्रका अनुसार भारतको राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झुन्ड पनि दक्षिण पश्चिमी वायुसँगै नयाँदिल्ली आसपासका क्षेत्र हुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान छ।

सामान्यतयाः सलह पानी परेको बेला तथा रातिको समयमा स्थानान्तरण गर्दैन। तर, भारतमा देखिएका सलहका ती झुन्ड एक/दुई दिनमा धनुषा, महोत्तरी तथा सर्लाहीमा देखिने अनुमान गरिएको छ। त्यस्तै, आगामी दुई/तीन दिनमा सुदूरपश्चिम र प्रदेश ५ का दक्षिण, पश्चिमबाट सलह नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ। ‘निरन्तर निगरानी गरी आवश्यक सावधानी तथा पूर्वतयारी समेत गर्नु गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

भारतकै राजस्थानको सिकर क्षेत्रमा करिब ४ सय हेक्टरमा सलहका ५ वटा झुण्ड छन्। ती झुन्ड राजस्थानको चुरु हुँदै पूर्वमा उत्तर प्रदेशको साहजाहाँपुर तथा सीतापुरतर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान छ।

‘अनुकुल मौसम भएको अवस्थामा राजस्थानको मरुभूमि (पश्चिम) तर्फ जानुपर्ने यी परिपक्व हुँदै गरेका झुन्ड हावाको बहाबसँगै पूर्वतर्फ लाग्न सक्ने सम्भावना देखिएको छ,’ केन्द्रद्वारा जारी सूचनामा भनिएको छ, ‘हावाको बहाबसँगै स्थानान्तरण गर्न सक्ने भएकोले ती झुन्ड नेपाल प्रवेश गर्न सक्ने सम्भावना छ।’

केन्द्रले यसबारे जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी पूर्वानुमान तथा निगरानीको काम भइरहेको जनाएको छ।

यसअघि असार १३ गते बिहान भारतको प्रतावगढ तथा वाराणसी आसपासमा आइपुगेको सलहको झुन्ड अर्को दिन लखनउ नजिक बाँसी पुगेको थियो। त्यसको अर्को दिन असार १५ गते सलहको झुण्डबाट छुट्टएिर आएको केही सलह नेपालमा देखा परेका थिए।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ३ : ०८ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै