सेफिल्डसँग चेल्सी पराजित « Khabarhub

सेफिल्डसँग चेल्सी पराजित


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लीस प्रिमियर लिगमा चेल्सी सेफिल्ड युनायटेडसँग पराजित भएको छ ।

शनिबार राति सेफिल्डको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी ३–० गोल अन्तरले पराजित भएको हो ।

चेल्सीविरुद्ध आक्रामक देखिएको सेफिल्डका लागि डेभिड म्याकगोल्ड्रिकले दुई र ओली म्याकबुर्नेले एक गाल गरेका हुन् ।

सेफिल्डले खेलको १८ औं मिनेटमा म्याकगोल्ड्रिकको गोलमा अग्रता बनाएको थियो । यस्तै, खेलको ३३ औं मिनेटमा म्याकबुर्नेले गोल गर्दै चेल्सीविरुद्ध २–१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलको सहज परिस्थितीमा रहेको सेफिल्डका लागि खेलको ७७ औं मिनेटमा म्याकगोल्ड्रिक व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमलाई ३–० को सहज जीत दिलाएका हुन् ।

जीतसँगै सेफिल्ड ३५ खेलबाट ५४ अंक जोड्दै लिगको सातौं स्थानमा पुगेको छ भने पराजित चेल्सी ६० अंकसहित तेस्रो स्थानमा छ ।

३४ खेल खेलेका लेस्टर सिटी र म्यान्चेस्टर युनाइटेढ ५९ र ५८ अंकसहित चौथो र पाँचौ स्थानमा छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ३४ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन