कोस्टाको गोलमा एट्लेटिको च्याम्पियन्स लिगमा छनोट « Khabarhub

कोस्टाको गोलमा एट्लेटिको च्याम्पियन्स लिगमा छनोट


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा टोली एट्लेटिको अंक गणितका आधारमा च्याम्पियन्स लिगमा छनोट भएको छ ।

शनिबार राति रियल बेटिसलाई १–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको च्याम्पियन्स लिगमा छनोट  भएको हो ।

बेटिससँग खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको एट्लेटिकोका मारियो हार्मोसोले ५७औं मिनेटमा विपक्षी खेलाडीलाई फाउल गरेपछि रातो कार्ड पाएका थिए ।

५७औं मिनेटमा मारियोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भएको एट्लेटिकोका लागि डियागो कोस्टाले गोल गरे । उनले खेलको ७४औं मिनेटमा गोल गर्दै टिमलाई महत्वपूर्ण जीत दिलाएका हुन् ।

जीतसंगै एट्लेटिको ६६ अंकसहित तेस्रो स्थानमा रह्यो । उसले चौथो स्थानको भिल्ला रियलसंग ९ अंकको अग्रता कायम गर्‍यो । रियल बेटिस ४१ अंकसहित तालिकाको १३औं स्थानमा रह्यो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : ५६ बजे

टी–२० विश्वकप : न्युजिल्यान्डको फराकिलो जित, श्रीलंका बाहिरियो

कोलोम्बो – घरेलु मैदानको साथ र समर्थकको उत्साह हुँदाहुँदै पनि

झापामा ठगी आरोपमा भारतीय नागरिकसहित सातजना पक्राउ

झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई निर्वाचन आयोगले पठायो पत्र

काठमाडौं- निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य

निर्वाचन : चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा

बैतडीमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप, एमालेका दुई जना घाइते

काठमाडौँ– बैतडीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताबीच