मूल्यवृद्धि मान्दैनौँ भन्दै नेविसङ्घको सरकार विरोधी प्रदर्शन | Khabarhub Khabarhub

मूल्यवृद्धि मान्दैनौँ भन्दै नेविसङ्घको सरकार विरोधी प्रदर्शन


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घ( नेविसङ्घ) ले प्रदर्शन गरेको छ ।

लकडाउनको कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसङ्घले प्रदर्शन गरेको हो ।

नेपाल आयल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गएको बुधबार नेविसङ्घले ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाएपछि शुक्रबार फेरि मूल्यवृद्धि भएपछि नेविसङ्घ सडकमा उत्रिएको हो ।

दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसङ्घ अध्यक्ष राजीव ढुङ्गानाले बताए ।

सरकारले अहिलेको अवस्थामा नियोजित ढङ्गले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उनले बताए । मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ ।

बबरमहलमा भएको प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाइँदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, सरकार तेरो पाराले, दुःख पाए साराले’ जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : २१ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको