संखुवासभा पहिरो : ७३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, बेपत्ता ११ को अवस्था अझै अज्ञात « Khabarhub

संखुवासभा पहिरो : ७३ घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, बेपत्ता ११ को अवस्था अझै अज्ञात


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए ।

७३ घर तथा आसपासको क्षेत्रमा कुनै पनि बेला पहिरो खस्न सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

यस्तै शनिबार रातिको पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटिरहेको भए पनि कोही पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जाने लागेको सेनाको हेलिकप्टर मौसम खराबी भएपछि जान नसकेको प्रहरी प्रमुख मल्लले बताए ।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन् ।

उद्धार तथा बेपत्ताको खोजीकार्यका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने जनपथ प्रहरी १५ जना र सशस्त्र प्रहरी १५ जना घटनास्थलतर्फ लागेका छन् ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेर घटनास्थलतर्फ लागेका छन् ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ५४ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी