महानायक प्रकरण : नक्कली आइडी बनाएर दिपाश्रीलाई अपशब्द प्रयोग गरिएको दीपकराज गिरीको आरोप « Khabarhub

महानायक प्रकरण : नक्कली आइडी बनाएर दिपाश्रीलाई अपशब्द प्रयोग गरिएको दीपकराज गिरीको आरोप


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायकका विषयमा दीपाश्री निरौलाले गरेको टिप्पणीपछि उनीमाथि नक्कली आइडी बनाएर अपशब्द प्रयोग गरिएको कलाकार दीपकराज गिरीले आरोप लगाएका छन् ।

आइतबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभमार्फत गिरीले राजेश हमालका विषयमा भएको टिप्पणीपछि दिपाश्रीले माफी माग्दा पनि अपशब्द प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो अवस्था सृजना भएको गिरीले बताएका छन् । महिला दिदी बहिनीले सानो गल्ती गर्दा फेसबुकमा ७५ प्रतिशत फेक आइडी बनाएर गालीको वर्षा गरेको गिरीको आरोप छ ।

राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको विवादमा मुछिएका दिपकराज गिरीले फेसबुक लाइभमा आएर आफ्नो धारणा राखेका हुन् ।

 

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ९ : २३ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक