लकडाउनको तीन महिनामा मानव अधिकार हननका हजारभन्दा बढी घटना « Khabarhub

लकडाउनको तीन महिनामा मानव अधिकार हननका हजारभन्दा बढी घटना


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार सम्बन्धी गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लकडाउनको अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक नभएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

लकडाउनको तीन महिनामा भएका मानव अधिकार उल्लंघनका विभिन्न विषय तथा घटनाहरूबारे प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस अवधिमा मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व हुने भए पनि राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको जनाएको छ ।

इन्सेकले क्वारेन्टिनको व्यवस्था, भारतबाट आएका नेपालीहरूमाथि गरिएको व्यवहार, स्वास्थ्य उपचारमा भएको गतिविधि लगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । यसैगरी, महिला तथा बालबालिकामाथि भएका दुर्व्यवहार तथा हिंसाका घटनाहरू पनि प्रतिवेदनमा समेटिएका छन् ।

लकडाउनको तीन महिनामा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार ११९ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अभिलिखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएको जनाइएको छ । उक्त अवधिमा ११ जनामाथि अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, ११२ जना घाइते भएको, १०२ जनालाई कुटपिट गरिएको कुरा प्रतिवेदमा जनाइएको छ ।

यसैगरी ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, २ जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाली समाजमा भएको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, चेतनास्तर, साक्षरतामा भएको वृद्धि आदि कारणले महिलाप्रतिको दृष्टिकोणमा भने केही सकारात्मक परिवर्तन आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मानव अधिकार रक्षक मूलतः स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन इन्सेकले माग गरेको छ । महिला तथा बालबालिकामाथि भएको ज्यादतीका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ ।

यस्तो छ इन्सेकले जारी गरेको प्रतिवेदन

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : ५५ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र