राम भारतीय होइनन्, अयोध्या ठोरीमा छ : प्रधानमन्त्री ओली « Khabarhub

राम भारतीय होइनन्, अयोध्या ठोरीमा छ : प्रधानमन्त्री ओली


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा बोल्दै उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताए ।

उनले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरूमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ । भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले ।’

उनले अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ भएको बताए ।  अहिले खडा गरिएको अयोध्या नक्कली भएको बताए ।

उनले भने, ‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यही (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन् ।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो शृंखलाले निरन्तरता पाउन नसकेको बताए।

२०७औ भानुजयन्ती विशेष समारोहमा उनले सफल काब्यको माध्यमबाट राष्ट्रिय एकता भाषिक र भावनात्मक एकता कायम गर्न सफल भएको विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेपाली भाषा साहित्यको सम्बर्द्धन प्रवर्द्धन र निरन्तर विकासका लागि प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ८ : २७ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।