अध्ययनको निष्कर्ष : करिब ९७ लाख बालबालिकाले विद्यालय छोड्न सक्ने | Khabarhub Khabarhub

अध्ययनको निष्कर्ष : करिब ९७ लाख बालबालिकाले विद्यालय छोड्न सक्ने


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरस महामारीले गर्दा विद्यालय बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ।सेभ द चिल्ड्रेनले यस अवस्थालाई ‘अभूतपूर्व शैक्षिक आपत्काल’को संज्ञा दिएको छ ।

बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्यांक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालय बन्द रहेका कारण विश्वभरका एक अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट वञ्चित रहेका जनाएको छ।यो संख्या विश्वको कुल विद्यार्थी संख्याको करिब ९० प्रतिशत हो ।

सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो संख्यामा बालबालिका पहिलो पटक विद्यालय शिक्षाबाट वञ्चित रहेका छन् ।’

अनुमानअनुसार कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटले करिब नौ करोडदेखि ११ करोड ७० लाख बालबालिका गरिबीको चक्रमा फस्नेछन्।यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्नेछ ।

पारिवारिक समस्याले गर्दा धेरै बालबालिका काममा लाग्ने वा बालिकाको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रूपमै विद्यालय छाड्ने देखिन्छ।यस्तै यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।

सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आसिङले कोरोना महामारीका कारण करिब एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको बताए।उनले सरकार तथा दातृ निकायहरूले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको स्पष्ट पारे ।

प्रतिवेदनमा विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने उल्लेख छ।ती देशहरूमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरिटानिया, येमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरी कोस्ट छन् ।एएफपी

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ११ : ०१ बजे

मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक

सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल

किन घट्यो पूर्वमा धान रोपाइँ ?

काठमाडौं– नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस

रास्वपालाई पानीको फोकाको संज्ञा दिँदै बजगाईंले भने- कांग्रेसमाथिको आक्रमणले हद नाघ्यो

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

शिक्षणको विस्तारित सेवा भवन उद्‌घाटन गर्दै प्रधानमन्त्रीले भने- निरोगी नेपाल अभियान सार्थक बनाऔँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित