अयोध्याबारे ओलीको अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलबल्याउन सक्छ : नेता कोइराला « Khabarhub

अयोध्याबारे ओलीको अभिव्यक्तिले कूटनीतिक सम्बन्ध खलबल्याउन सक्छ : नेता कोइराला


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले श्रीरामको जन्मस्थान सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले भारतसँगको कूटनीतिक सम्बन्ध खलबल्याउन सक्ने बताएका छन् ।

ओलीले मंगलबार भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि सामाजिक सञ्जालमार्फत कोइरालाले  ओलीको उक्त अभिव्यक्तिपछि दुई देशका जनताको धार्मिक र सांस्कृतिक सम्बन्ध पनि बिगार्ने काम भएको बताएका छन् ।

‘प्रधानमन्त्रीले अयोध्याको बारेमा अप्रमाणित, विवादास्पद र गैरजिम्मेवार अभिव्यक्ति दिएर दुई देशको कूटनीति खल्बल्याउने मात्रै नभई नेपाली र भारतीय जनताबीचको आपसी धार्मिक र सांस्कृतिक सम्बन्ध बिगार्ने काम गरेका छन्’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।

धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कदापी सह्य नहुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १ : ५७ बजे

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय