जलेश्वर कारागार डुबानमा, बन्दीमा ज्वरो र झाडापखालाको समस्या | Khabarhub Khabarhub

जलेश्वर कारागार डुबानमा, बन्दीमा ज्वरो र झाडापखालाको समस्या


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए ।

करिब १६० वर्षभन्दा पुरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उनले जानकारी दिए ।

कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ । कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताए ।

कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५ रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए ।

त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटी गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जेलर महासेठले बताए ।

कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले बताए ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : ०८ बजे

मध्यपश्चिम विश्वविद्यालयको बजेट स्वीकृत

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औँ सभा बैठकले आगामी आर्थिक

सभामुखको आलोचना गर्दै लिङ्देनको टिप्पणी- यो संसदीय इतिहासकै कालो समय हो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभामा हाल

किन घट्यो पूर्वमा धान रोपाइँ ?

काठमाडौं– नेपालको पूर्वी क्षेत्रमा धान रोपाइँ गत वर्षको तुलनामा यस

रास्वपालाई पानीको फोकाको संज्ञा दिँदै बजगाईंले भने- कांग्रेसमाथिको आक्रमणले हद नाघ्यो

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

शिक्षणको विस्तारित सेवा भवन उद्‌घाटन गर्दै प्रधानमन्त्रीले भने- निरोगी नेपाल अभियान सार्थक बनाऔँ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित