उत्तरपूर्वी टर्कीमा बाढी, दुईको मृत्यु « Khabarhub

उत्तरपूर्वी टर्कीमा बाढी, दुईको मृत्यु


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्तनाबुल – टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् ।

भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको समाचारमा जनाइएको छ ।

आइतबार साँझबाट नै परेको भीषण वर्षाको कारण उक्त बाढी र पहिरोको खतरा बढेको थियो । यस बाढीको कारण कैयौ सडक र पुलहरु भत्किनुको साथै सवारी साधनहरु फर्सेका स्थानीय टेलिभिजनहरुले प्रशारण गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ३ : २१ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब