अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेवको आग्रह « Khabarhub

अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न प्रधानमन्त्रीलाई वामदेवको आग्रह


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान् रामको जन्म नेपालमा भएको भनी दिएको अभिव्यक्ति फिर्ता लिएर माफी माग्न आग्रह गरेका छन् ।

सोमबार ओलीले भगवान् राम र उनको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भएको छ । ओलीको अभिव्यक्तिपछि दुई देशको कूटनीतिक सम्बन्धमा नै असर पर्ने भन्दै उनको आलोचना भएको हो ।

उपाध्यक्ष गौतमले हिन्दू अनुयायी चोट पुग्ने भन्दै प्रधानमन्त्रीलाई सो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका हुन् ।

प्रम ओलीले सोमबार भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा अयोध्या नेपालको ठोरीमा पर्ने र राम पनि नेपालमै जन्मेको बताएका थिए ।


राम भारतीय होइनन्, अयोध्या ठोरीमा छ : प्रधानमन्त्री ओली


उनको यो दाबीपछि नेपाल र भारतमा तरंग मच्चिएको छ भने पार्टीकै शीर्ष नेता र अन्यले उनको विरोध जनाएका छन् ।

‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु,’ वामदेवले भनेका छन्, ‘साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क. केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।’

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ५ : ०४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र