मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन « Khabarhub

मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन


३० असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश नं २ को सरकारले आज मन्त्रिस्तरीय विपद् अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

यस प्रदेशमा वर्षा, बाढी र पहिराबाट भएका क्षतिको अनुगमन गरी पीडित पक्षलाई राहतका साथै व्यवस्थापनलगायत कार्यका लागि मन्त्रिपरिषद्को आजको बैठकले सो समिति गठन गरेको हो ।

बैठकले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग, वन पर्यटन तथा संस्कृतिमन्त्री रामनरेश राय सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई हालै प्रदेशको आठवटै जिल्लामा बाढीबाट भएको क्षतिको स्थलगत निरीक्षण तथा अनुगमन गरी पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मतसम्भारजस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

समितिले गरेको सिफारिसका आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउनेछन् ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : २३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात