भारतमा एकै दिन २९ हजार बढी कोरोना सङ्क्रमित « Khabarhub

भारतमा एकै दिन २९ हजार बढी कोरोना सङ्क्रमित


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र राज्यमा सङ्क्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ । तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ सङ्क्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी रहेको दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : ०७ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका