डिसेम्बर पहिलो साताबाट बिग बास लिग हुने « Khabarhub

डिसेम्बर पहिलो साताबाट बिग बास लिग हुने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्दै आएको बिग बास लिग (बीबीएल) क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट शुरु हुने भएको छ । बीबीएलले १० औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ ।

अस्ट्रेलियाका आठ टोलीले सहभागिता जनाउने बीबीएल ३ जनवरीमा शुरु भई फेब्रुवरी ६ मा सम्पन्न हुनेछ ।

प्रतियोगिताको मितिसँगै बीबीएलले लिगको खेल तालिका समेत सार्वजनिक गरेको छ ।  यो सिजनको उद्घाटन खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सले प्रतिस्पर्धा गर्नेछन् ।

बीबीएलको अघिल्ला दुई सिजन नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले दुई सिजनको लिग मेलवर्न स्टार्सबाट खेलेका छन् । लगातार बिबीएलमा राम्रो प्रदर्शन गर्दै आएका लामिछाने यो वर्ष पनि छनोट हुने सम्भावना बलियो रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : २३ बजे

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

स्थानीयले बन्द गरे बालाजु बाइपास सडक (तस्बिरहरू)

काठमाडौं– एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि