भाेलिदेखि यी रुटमा चल्नेछन् साझाका २६ बस « Khabarhub

भाेलिदेखि यी रुटमा चल्नेछन् साझाका २६ बस


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा यातायातले बिहीबारदेखि प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गर्ने भएको छ।

साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको जनाएको छ। साझाका २६ वटा बसले साउन १ अर्थात् भोलिदेखि ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए।

कोरोना संक्रमणकाे जोखिमकै बीच सरकारको निर्णयअनुसार सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनको भनाइ छ।

‘लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन्,’ पाण्डेयले भने, ‘साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिनेछ।’

यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाले जनाएको छ। यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ। बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम गरेर बस्न पनि आग्रह गरिएको पाण्डेयले जानकारी दिए।

यात्रुको चाप हेरेर आवश्यकता अनुसार रुटहरुमा बस थप्दै लैजाने योजना साझाले बनाएको छ। चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो।

असार २६ गतेदेखि सार्वजनिक यात्रुबाहक बस र ट्याक्सी चलाउन दिने निर्णयअनुसार गत आइतबारदेखि चक्रपथ परिक्रमा गर्ने गरी विभिन्न कम्पनीका बस चल्न थालेका हुन्।

यी हुन् उपत्यकामा भोलिबाट साझा यातायातका बस सञ्चालन हुने रूट

  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
  • गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
  • लामाटार, लगनखेल हुँदै रत्नपार्क
  • लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
  • लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
  • रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
  • रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ०१ बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति