सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

सिरहामा मेयरका छोरा ५ लाख घुससहित पक्राउ


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको कल्याणपुर नगरपालिकाका मेयरका छोरासहित २ जनालाई ५ लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले लहान २२ भोटियाटोल नजिककैको एक पेट्रोल पम्पबाट लेनदेन गरिरहेका मेयर सूर्यनाथ मण्डलका छोरा ३५ वर्षीय सन्तकुमार मण्डल र उनीसँगै रहेका जितेन्द्र महतोलाई आज अपरान्ह घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

कल्याणपुरका मेयरले डिपीआर गरेको भुक्तानी दिन सेवाग्राहीसँग मागेको ५ लाख घुस लिन छोरालाई पठाएका बेला अख्तियार टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

डिएसपी मधुकुमार थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानको लागि आयोगको कार्यालय वर्दिवास लगिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : २६ बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र