साउन महिनाको पहिलो कामिका एकादशी, व्रत बस्नाले हुन्छन् यस्ता फाइदा « Khabarhub

साउन महिनाको पहिलो कामिका एकादशी, व्रत बस्नाले हुन्छन् यस्ता फाइदा


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पापदेखि डराउने मनुष्यले कामिका एकादशीको व्रत र विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्दछ ।

पापरूपी हिलोमा फसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यका निम्ति यस एकादशीको व्रत र भगवान विष्णुको पूजन अत्यन्त आवश्यक छ । यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ ।

कुन्तीपुत्र धर्मराज युधिष्ठिरले भन्नुभयो – हे भगवन, अब कृपा गरेर श्रावण कृष्ण एकादशीको के नाम हो र यसको पालनाको के विधान छ त्यो बताउनुहोस् । श्रीकृष्ण भगवानले आज्ञा गर्नु भयो हे युधिष्ठिर ! यस एकादशीको कथा एक पटक स्वयं व्रह्माजीले देवर्षि नारदसित भन्नु भएको थियो, त्यसैलाई म तिमीलाई भन्दछु ।

नारदले ब्रह्मासित सोधे कि हे पितामह ! श्रावण मासको कृष्ण पक्षको एकादशीको कथा सुन्ने मेरो इच्छा छ, त्यसको नाम के हो ? के विधि छ र त्यसको माहात्म्य कस्तो छ, यी संपूर्ण विवरण कृपा गरी बताउनुहोस् ।

नारदजीका यस्ता वचन सुनेर व्रह्माजीले भन्नुभयो – हे नारद १ लोकको हितका निम्ति तिमीले असाध्यै सुन्दर प्रश्न गर्यौ । श्रावण महिनाको कृष्ण एकादशीको नाम कामिका हो । त्यसको नाम मात्र सुन्नाले वाजपेय यज्ञको फल प्राप्त हुन्छ । यस दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसको नाम श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन आदि छ । तिनको पूजा गर्नाले जुन फल प्राप्त हुन्छ त्यो पनि सुन ।

जुन फल गंगा, काशी, नैमिषारण्य र पुष्कर स्नानबाट प्राप्त हुन्छ, त्यो फल विष्णु भगवानको पूजनबाट प्राप्त हुन्छ । जुन फल सूर्य र चंद्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वीदान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरी र गण्डकी नदीमा स्नान गर्नाले पनि प्राप्त हुन सक्दैन त्यो फल भगवान विष्णुको पूजनद्वारा प्राप्त हुन्छ । जो मनुष्यले श्रावणमा भगवानको पूजन गर्दछन, त्यससित देवता, गंधर्व र सूर्य आदि सबै पूजित हुन पुग्छन ।

अतः पापदेखि डराउने मनुष्यले कामिका एकादशीको व्रत र विष्णु भगवानको पूजन अवश्यमेव गर्नुपर्दछ । पापरूपी हिलोमा फसेका र संसाररूपी समुन्द्रमा डूबेका मनुष्यका निम्ति यस एकादशीको व्रत र भगवान विष्णुको पूजन अत्यन्त आवश्यक छ । यस अवसर भन्दा ठूलो पाप नाश गर्ने मौका पाउन गाह्रो छ ।

हे नारद ! स्वयं भगवानले के भन्नु भएको छ भने कामिका व्रतबाट जीव कुयोनिमा पुग्दैन । जुन मनुष्यले यस एकादशीका दिन भक्तिपूर्वक तुलसी दल भगवान विष्णुलाई अर्पण गर्दछ, त्यो यस संसारका समस्त पापबाट मुक्त हुन्छ । विष्णु भगवान रत्न, मोती, मणि तथा आभूषण आदिबाट त्यति प्रसन्न हुनुहुन्न जति तुलसी दलबाट ।

तुलसी दल पूजनको फल चार भार चाँदी र एक भार स्वर्णदान बराबर हुन्छ । हे नारद ! म स्वयं भगवानलाई अतिप्रिय लाग्ने तुलसीलाई सदैव नमस्कार गर्दछु । तुलसीको बिरुवालाई सिञ्चन गर्नाले मनुष्यका सबै यातनाहरू नष्ट हुन पुग्छन । दर्शन मात्रले पनि सबै पाप नष्ट हुन्छन र स्पर्शबाट त मनुष्य पवित्र हुन पुग्छ ।

कामिका एकादशीका दिन रात्रिको समय पारेर दीपदान तथा जागरणको फलको माहात्म्य चित्रगुप्त पनि वर्णन गर्न सक्दैनन । जसले यस एकादशीका दिन रात्रिको समयमा भगवानको मंदिरमा दियो बाल्दछ, उसका पितृहरूले स्वर्गलोकमा अमृतपान गर्ने अवसर प्राप्त गर्छन तथा जसले घिउ वा तेलको दीपक जलाउदछन, ती सय करोड़ दीपकबाट प्रकाशित भएर सूर्य लोक पुग्दछन ।

व्रह्माजी भन्नुहुन्छ हे नारद ! व्रह्महत्या तथा भ्रुण हत्या आदि पापलाई नष्ट गर्ने यस कामिका एकादशीको व्रत मनुष्यले यत्नपूर्वक गर्नुपर्दछ । कामिका एकादशीको व्रतको माहात्म्य श्रद्धापूर्वक सुन्नाले र पढ़नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोक पुग्दछ ।

ज्यो.दुर्गा भण्डारी ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ६ : २५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक