निजी विद्यालयले सञ्चालन गरेको अनलाइन पठनपाठन आजदेखि बन्द | Khabarhub Khabarhub

निजी विद्यालयले सञ्चालन गरेको अनलाइन पठनपाठन आजदेखि बन्द


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी विद्यालयहरूले आजदेखि अनलाइन शिक्षा बन्द गरेका छन् ।

निजी विद्यालय सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ अर्थात आजदेखि नै लागू हुनेगरी शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्ना माग सम्बोधन नगरेको भन्दै निजी विद्यालयले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गरेका हुन् ।

प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ८ : ३० बजे

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),