हारबाट जोगियो युभेन्टस, ससुओलोसँग बराबरी « Khabarhub

हारबाट जोगियो युभेन्टस, ससुओलोसँग बराबरी


१ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्स हारबाट जोगिएको छ ।

ससुओलोको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युभेन्टसले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा  युभेन्ट्स अंक बाढ्न बाध्य भएको हो । छैटौँ मिनेटमा ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए । तर घरेलु टोलीका फिलिप ज्यूरिकले २९औं मिनेटमा खेल २–१ मा झारे । डोमनिको बर्दीले ५१औं मिनेटमा खेल बराबरीमा ल्याए ।

त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए । युभेन्ट्सका एलेक्स सान्ड्राले ६४औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजासंगै युभेन्ट्सले लिगमा ७ अंकको अग्रता कायम राखेको छ । युभेन्ट्स पछिल्ला तीन खेलमा जीत निकाल्न असफल छ । उसले ९ गोल भने गरेको छ ।

बराबरीसँगै ससुओलो ४७ अंकसहित आठौं स्थानमा यथावत छ ।

 

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार  ९ : २९ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने